Miss Mongol in Bhaktapur

मिस मंगोल नेपाल २०२१ को तयारीका क्रममा प्रोमो भिडियो सुटका लागि मिस मंगोल नेपालका विजेताहरूले भक्तपुर छनोट गरेका छन् । भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको यो प्रोमो भिडियोमा मिस मंगोल नेपाल २०१० वर्षारानी गुरुङ, मिस मंगोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, मिस मंगोल नेपाल २०१९ का विजेता सिभिरा लामा, फस्ट रनरअप रेनुका पुन र सेकेन्ड रनरअप एज्जु कर्माचार्यको अभिनय रहेको छ । अशोकप्यासी राईको स्क्रिप्टमा विज्ञान राईको निर्देशन एवं सम्पादन रहेको यो भिडियो श्रोता दर्शकमाझ आइसकेको छ ।