बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा २०७७ चैत ९ र १० गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी बंगलादेशका लागि भएको राजकीय भ्रमण टोलीमा मिस मंगोल नेपाल २०१९ सिभिरा लामा सहभागी हुनुभयो । दुवै देशका महामहिम राष्ट्रपतिको समुपस्थितिमा बंगलादेशको राजधानी ढाकास्थित नेसनल परेड ग्राउन्डमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा सिभिराले उद्घोषण गर्नुभएको थियो ।सिभिराको उद्घोषण कलाको सबैले प्रशंसा गरे ।सम्माननीय राष्ट्रपतिको राजकीय भ्रमणमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका १९ जना कलाकार टोली सहभागी थिए ।








