भारतको राजधानी नयाँदिल्लीबाट सीए गरेकी सिभिरा लामाले मिस मंगोल नेपाल २०२१ को उपाधि चुमेकी छन् । ताप्लेजुङमा जन्मेकी सिभिराले एक लाख रुपैयाँ पुरस्कारसहित प्रतियोगितामा मिस ट्यालेन्ट र पब्लिक च्वाइस उपाधि पनि आफ्नो पक्षमा पार्न सफल भइन् । सिभिरालाई पछ्याउँदै रोल्पाकी रेनुका पुनले मिस मंगोल लुम्बिनी (स्टेट ५)सहित सेकेन्ड रनरअप र काठमाडौंकी एज्जु कर्माचार्यले सेकेन्ड रनरअपको उपाधि चुम्न सफल भएका छन् । रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको मिस मंगोल नेपालको यस संस्करणमा देशभरका १८ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । मिस मंगोलको यो ११औं संस्करण हो ।

विजेताहरू :
मिस मंगोल नेपाल २०१९ : सिभिरा लामा (ताप्लेजुङ)
फस्ट रनरअप : रेनुका पुन (रोल्पा)
सेकेन्ड रनरअप : यजु कर्मचार्य (काठमाडौं)
मिस मंगोल स्टेट १ : अपेक्षा लिम्बु (तेह्रथुम)
मिस मंगोल स्टेट २ : समीक्षा सिधाली (धनुषा)
मिस मंगोल स्टेट ३ : रीतिका स्याङ्तान (काठमाडौं)
मिस मंगोल गण्डकी : पूजा मगर (गोरखा)
मिस मंगोल स्टेज ५ : रेनुका पुन (रोल्पा)
मिस ट्यालेन्ट ÷ पब्लिक च्वाइस : सिभिरा लामा (ताप्लेजुङ)