एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस मंगोल नेपाल २०१९ का प्रतियोगिलाई करियर निर्माण र वृत्ति विकासमा आधारित विभिन्न प्रशिक्षणमूलक कक्षा दिइएको छ ।रोजिन शाक्यको कोरियोग्राफीमा प्रशिक्षणरत प्रतियोगीलाई आयोजक संस्थाका अध्यक्ष एवं मिडियापर्सन अशोकप्यासी राईले सूचना र सञ्चारको महत्व, अधिवक्ता शंकर लिम्बुले आदिवासी जनजातिको अधिकार एवं भूमि र प्राकृतिक स्रोतसाधनसँगको सम्बन्ध, शिक्षासेवी पूर्ण लामाले करियर निर्माण, व्यक्तित्व विकास एवं आत्मविश्वास अभिवृद्धि, हेयर स्टाइलिस नीलडेभिड कटवालले मेकअप र कपालको हेरचारका बारेमा कक्षा दिनुभएको हो । नयाँ पुस्ताका लागि निकै आवश्यक अन्य विभिन्न विषयमा भएको कक्षाबाट प्रतियोगीहरू लाभान्वित भएका थिए ।उपलब्धिमूलक भएको सहभागीको भनाइ थियो । कक्षामा प्रतियोगीले यस विषयको महत्व र आआफ्नो चाहनाका बारेमा जिज्ञासा राखेका थिए ।