जिवित देवीका रुपमा मानिने कुमारी समिता बज्राचार्य मिस मंगोल नेपालको १२औं संस्करणमा सहभागी भएकी छन् । सम्भवतः जिवितदेवी कुमारीले सौन्दर्य प्रतियोगितामा भाग लिएको यो पहिलो पटक हो । सन् २०१० देखी २०१४ सम्म उनी ललितपुरको पाटनमा कुमारी बसेकी थिइन् । मिस मंगोल प्रतिभावान युवतीका लागि राम्रो प्लेटफर्म भएको र सांस्कृतिक पक्षलाई विशेष महत्व दिने भएकाले आफु सहभागी भएको समिताको भनाइ छ । हाल स्नातक अध्ययनरत उनले प्रतियोगितामा मिस कल्चरल एम्बासडरको उपाधि पाएकी छन् ।