नेपालको पर्यटन विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको भिजिट नेपाल— २०२० उद्घाटन समारोहमा मिस मंगोल नेपालले भव्य सांस्कृतिक झाँकीसहित ¥याली निकालेको छ ।हाल नेपालमा रहेका मिस मंगोलका सबैजसो विजेता सहभागी ¥याली बागबजारबाट सुरु भई रत्नपार्क, सहिदगेट, त्रिपुरेश्वर हुँदै कार्यक्रमस्थल दशरथ रंगशाला पुगेको थियो । मिस मंगोल आयोजक संस्था एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईको नेतृत्वमा भएको ¥यालीमा सयौं सहभागी थिए । अध्यक्ष राईका अनुसार देश विकास, पर्यटन प्रवद्र्धन, सामाजिक दायित्व एवं भिजिट नेपाल २०२० सफल बनाउन ¥याली निकालिएको हो ।