मिस मंगोल नेपाल २०१८ का विजेताहरूले मिस मंगोल छात्रवृत्ति कोष स्थापना गरेका छन् । यस कोषले आर्थिक अभावका कारण विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि काम गर्नेछ । आयोजक एक्सन इन्टरटेनमेन्टको संयोजन एवं विजेता जामु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाको सक्रियातामा स्थापित कोषमा न्यूनतम ५० लाख रुपैयाँको अक्षयकोष तयार गरिने लक्ष्य तय गरिएको छ ।संघीय सांसद एवं युवा नेता योगेश भट्टराईबाट उद्घाटन गरिएको कोषका लागि उहाँले व्यक्तिगत रूपमा रु. ५० हजार सहयोग गर्दै असहाय बालबालिकाको शिक्षाका लागि सुरु गरिएको यस पुण्य कार्यमा सबैले साथ र सहयोग गर्न आह्वान पनि गर्नुभयो ।