अधिवक्ता एवं आदिवासी जनजातिको अधिकारसम्बन्धी अभियन्ता शंकर लिम्बुले मिस मंगोल नेपाल २०२१ का प्रतियोगीलाई विशेष कक्षा दिनुभएको छ ।अधिवक्ता लिम्बुले प्रशिक्षणका क्रममा रहेका प्रतियोगीहरूलाई आदिवासी जनजाति भनेको के हो?, भूमि र प्राकृतिक स्रोतसाधनसँग उनीहरूको सम्बन्ध के छ? राज्यबाट कसरी हेपिएका, पेलिएका छन् ?, उनीहरूको अधिकार कसरी खोसिएको छ?, राज्यसत्ता र नीति निर्माण तहमा किन आउन सकेनन्लगायतका विभिन्न विषयमाथि जानकारीमूलक कक्षा दिनुभयो ।अधिवक्ता लिम्बुको कक्षा अति उपयोगी र जानकारीमूलक भएको सहभागीले बताए ।